२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

स्वरोजगार लघुवित्तको लाभांश घोषणा

स्वरोजगार लघुवित्तको लाभांश घोषणा

1.5K
Shares

काठमाडौं– स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई प्रतिशेयर २५ प्रतिशत अर्थात १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

लघुवित्तले जनकपुर लघुवित्त एकिकृत कारोबार समेत शुरुवात गरेको हुँदा घोषित लाभांशमा लाग्ने करको व्यवस्था नगरेको बताएको छ। हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ छ। २५ प्रतिशतका दरले १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँ पुग्नेछ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij