२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अर्घाखाँची सिमेन्टले पायो ४३ ग्रेडको इजाजत

अर्घाखाँची सिमेन्टले पायो ४३ ग्रेडको इजाजत

805
Shares

काठमाडौं – अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो।

कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री बितरणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएको छ। ‘३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणीकरणले हामी उत्साहित भएका छौँ। गुणस्तर कायम राख्न अझ जिम्बेवारी थपिएको छ,’ कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले भने।

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको छ। अर्घाखाँची सिमेन्टले क्लिंकर, ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आइपीओमा जाने तयारीसमेत सुरु गरेको छ। कम्पनीले २०७५ सालदेखि कुल उत्पादन क्षमता बढाएर प्रतिवर्ष १० लाख टन पु¥याएको छ।

कोभिड महामारीका बाबजुत पनि आर्थिक वर्ष २०७७।७८ मा १८ प्रतिशतले बिक्री बढाउन सफल भएको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij