२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

युवा व्यवसायी बालकृष्ण पोखरेल राष्ट्रिय पेजेन्ट निर्देशक तथा युवा उधमी सम्मान २०७८ बाट सम्मानित

युवा व्यवसायी बालकृष्ण पोखरेल राष्ट्रिय पेजेन्ट निर्देशक तथा युवा उधमी सम्मान २०७८ बाट सम्मानित

2.5K
Shares

काठमाडौं – राष्ट्रिय पेजेन्ट निर्देशक तथा युवा उधमी सम्मान २०७८ बाट युवा व्यवसायी बालकृष्ण पोखरेल सम्मानित भएका छन् । “राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको “राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ ” बाट विभिन्न व्यक्तिहरु सम्मानित भएका छन्। व्यवसायी पोखरेललाई उक्त कार्यक्रममा प्रमुख अतिथी, गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झा, विशेष अतिथि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, विशिष्ट अतिथि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सिईओ तथा निर्देशक निशु कान्त झाले संयुक्त रुपमा सम्मानित गर्नुभएको छ ।

अभिनेता धिरेन शाक्य, प्रदीप बास्तोला, शुशिल श्रेष्ठ, अभिनेत्री साक्षी लम्साल, हास्य अभिनेता गोपाल ढकाल ९छन्दे०, फिल्म निर्देशक सुदर्शन थापा, राजु अधिकारी, म्युजिक भिडियो निर्देशक बिधान कार्की, फिल्म निर्माता नबिन अधिकारी, फिल्म लेखक शिवम अधिकारी , संगीतकार अर्जुन पोखरेल, गीतकार दयाराम पाण्डे, कोरीयोग्राफर रामजी लामिछाने, फेसन डीजाइनर अमित झा, मिसेस एशिया प्यासिफिक मिसेस नेपाल इन्टरनेसनल चन्दा थापा गिरी, पेजेन्ट निर्देशक बालकृष्ण पोखरेल र प्रिती कार्की, अटो व्यवसायी तथा नाडाका केन्द्रिय सचिव अनुप के। बराल लगायत ६ दर्जन भन्दा बढी स्रष्टा तथा राष्ट्रमा आफ्नो उल्लेखनीय योगदान पुर्याउनु भएका व्यक्तित्वहरु सम्मानीत भए । उक्त कार्यक्रम म्युजिक सिटी हल, बालकुमारी, ललितपुरमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij