२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा छुट

मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा छुट

1.1K
Shares

काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ।
मेगा बैंक र ओम अस्पतालबीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट र प्राथमिकता दिने सम्झौता भएको हो।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन्।
यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij