२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेका सीईओ साउदले दिए राजीनामा

नेप्सेका सीईओ साउदले दिए राजीनामा

910
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले मंगलबार साँझ नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) पत्रकार सम्मेलन गरी राजीनामा गरेको जानकारी दिएका हुन्।

सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए ।

मंगलबार अर्थ मन्त्रालयमा नेप्सेका अध्यक्ष दीर्घराज मैनालीको उपस्थितिमा उनले राजीनामापत्र बुझाएका छन् । ‘मैले कुनै पदीय मर्यादा विपरीत काम गरेको छैन, विवादमा परेको सेयर पनि कानुनअनुसार नै किनेको हो,’ राजीनामा बुझाएपनि अनलाइनखबरसँग कुराकानी गर्दै साउदले भने,’तर अनुसन्धानलाई सहयोग पुर्‍याउनका लागि मैले पद छाडेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij