२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड

1.2K
Shares

काठमाडौ – मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा आज बाँडफाँड गरिएको छ ।
कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । उक्त कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाएका छन् ।

कम्पनीको आईपिओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना सदर आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो ।
मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन खुला गरेको हो । जसमध्ये ५ हजार ४ सय ६९ कित्ता कर्मचारीको लागि १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन हो।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिनेछ।

कम्पनीको हाल कायम चुक्तापूँजी ७ करोड रहेको छ । आईपीओ बाँडफाँडपछि चुक्ता पूँजी १० करोड ९३ लाख पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij