२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अब मेरो सेयरको पासवर्ड युजर आफैले परिवर्तन गर्न सक्ने

अब मेरो सेयरको पासवर्ड युजर आफैले परिवर्तन गर्न सक्ने

960
Shares

काठमाडौं – सेयर कारोबारको अनलाई सिस्टम ‘मेरो सेयर’ को पासवर्ड अब यूजर आफैले परिवर्तन गर्न सक्ने भएका छन् । मेरो सेयर सफ्टवेयर प्रदायक कम्पनी सीडीएससीले आफ्नो सेवामा थप ‘फरगेट योस् पासवर्ड’ सेवा थप गरेको हो ।

उक्त सेवा शुक्रवारदेखि कर्यान्वयनमा ल्याइएको सीडीएससीले जनाएको छ । योसँगै अब मेरो सेयर प्रयोगकर्ताहरूले आफ्नो युजरमा आफैले पासवर्ड परिवर्तन गर्न सक्ने भएका छन् । जुन सुविधा मेरो सेयरमा यसअघि थिएन ।

युजरहरुले मेरो सेयरको लगइन पेसमा रहेको ‘फरगेट योर पासवर्ड’ लिंकमा गएर पासवर्ड परिवर्तन गर्न सक्नेछन् । यसरी पासवर्ड परिवर्तन गरेपछि परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउनेछ । इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सकिने सीडीएससीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij