काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ। मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाट, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुर, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहा र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो।
यी शाखाहरुमा आइतबारबाटै बैंकिङ कारोबार सुरु भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए। मेगा बैंकले साउन महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ। अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरु रहेका छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने बैंकको तयारी छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij