काठमाडौं – आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र भोजबीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खरिद गर्दा सेवाग्राहीले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्नेछन् ।
भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडवीच भएको सम्झौता पश्चात अब भोज्बाट आइएमई पे माफर्त खरिद गदा ५०० रुपैयाँ नबढ्ने गरी २० प्रतिशत क्यासब्याक गरी सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् । अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागु हुनेछ ।
उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसनका बजार ब्यवस्थापक आमोद भट्टराईले भोज्मा ‘आइएमई पे’ को भुक्तानी सेवासंगै २० प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीले अधिकतम फाइदा लिने बताए ।
भोजका सह-सस्थापक निकेत अग्रवालले भोजदिल्स्बाट खरिद गर्दा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने बताएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij