काठमाडौं– पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ हजार ४६२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १० हजार ८०६ जनाको पिसिआर र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै २ हजार २९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ७७ हजार ३७७ जना कोरोना मुक्त भएका छन्।
यसको संक्रमणबाट थप ३२ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij