काठमाडौं– कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति पत्र बुझेका छन्। घिसिङले बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति बुझेका हुन्। उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । उक्त बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागिनै नियुक्त गरेको छ।
आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशककै रूपमा प्राधिकरण फर्किएका हुन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij