२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

785
Shares

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार दुई सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार सात सय ५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य १२१५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२०५ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij