काठमाडौं – व्यवसायी श्यामसुन्दर लाल कक्षपतिको निधन भएको छ । उपचारको क्रममा बैंककमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
क्यान्सर रोगबाट पीडित कक्षपति उपचारका लागि पाँच हप्ता अगाडि थाइल्यान्ड गएका दिए । ७० वर्षको उमेरमा उनको निधन भएको हो ।
पाल्पाका कक्षपति नाङ्लो बेकरीका संस्थापक तथा नेपाल होटेल संघका पूर्वअध्यक्ष पनि हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij