२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

खल्तीबाट टिभिएसका सवारीको किस्ता तिर्न सकिने

खल्तीबाट टिभिएसका सवारीको किस्ता तिर्न सकिने

830
Shares

काठमाडौं – खल्ती डिजिटल वालेटले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स सँगको सहकार्यमा टिभिएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने सुविधा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याईएको हो ।

खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टिभिएस को मोटरसाईकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्नसक्ने भएका छन् ।

खल्तीले ग्राहकहरुको सहजताको लागि टिभिएस सोरुममा खल्ती क्यूआरहरु पनि सेट गरेका छ जस मार्फत ग्राहकहरुले युनियन पे सँग आवद्द बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij