२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कामना सेवा बैंक र सिडिएससिबीच सम्झौता

कामना सेवा बैंक र सिडिएससिबीच सम्झौता

1K
Shares

काठमाडौं – कामना सेवा विकास बैंक र सिडिएससि बिच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।

पुतलीसडक स्थित सिडिएससिको कार्यलयमा एक कार्यक्रमका बिच सिडिएससिको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चाय तथा बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हाल सिडिएससि बाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ । बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा लगायत ७० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij