२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एशियन लाइफ इन्स्योरेन्सले शेयर संरचना परिर्वतन गर्ने

एशियन लाइफ इन्स्योरेन्सले शेयर संरचना परिर्वतन गर्ने

2K
Shares

काठमाडौं– एशियन लाइफ इन्स्योरेन्सले शेयर संरचना परिमार्जन गर्ने भएको छ । इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको साउन ७ गते सम्पन्न बैठकले साउन ३१ गते आइतबार आह्वान गरेको १२ औँ वार्षिक साधारण सभामा शेयर संरचना परिमार्जन गर्ने प्रस्ताव गरेको हो ।

सभाले कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयर समूहको विद्यमान ७०ः३० को शेयर अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणमा परिणत गर्ने विशेष प्रस्ताव राखेको छ ।

सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/०७६ असार मसान्तसम्मको वासलात, नाफा र नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धित संलग्न अनुसूचीहरु लगायतका प्रस्तावहरु माथि छलफल गरी पारित गर्नेछ ।

सभाले संस्थापक शेयरधनी (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक पदमा ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनी र एक जना स्वतन्त्र विज्ञ सञ्चालकलाई मनोनित गर्नेछ ।

साधारण सभाका लागि इन्स्योरेन्सले साउन १७ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार साउन १५ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ता मात्र सभामा भाग लिन सक्नेछन् ।

त्यस्तै, बीमा समिति, कम्पनी रजिष्ट्रार कार्यालय तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावलाई सभाले अनुमोदन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij