२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपालमा चेरी कारको वितरक एसपिजी अटोमोबाइल्स

नेपालमा चेरी कारको वितरक एसपिजी अटोमोबाइल्स

920
Shares

विश्व चर्चित अटोमोबाइल ब्राण्ड चेरी नेपाली बजारमा भित्रिदैँ छ। कम्पनीले नेपाली बजारको लागि अधिकारिक वितरकको रुपमा शारदा ग्रुप अन्तर्गतको एसपिजी अटोमोबाइल्स प्रालीलाई नियुक्त गरेको छ।

कम्पनीका अनुसार उक्त गाडी नेपालमा चाँडै नै सञ्चालनमा आउँदै छ। चेरी ब्राण्डको आधिकारिक बिक्रेता एसपिजी अटोमोवाइल्स व्यवसाय क्षेत्रमा लामो समयदेखिको अनुभवी कम्पनी हो। दुई पक्षबीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा कम्पनी विश्वस्त छ।

नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरी ब्राण्ड इन्टरनेशनलले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ। सन् १९९७ जनवरी ०८ मा स्थापना भएको चेरी ब्राण्डको उत्पादन १८ डिसेम्बर १९९९ मा बजार प्रवेश गरेको हो। हाल चेरी ब्राण्डको वार्षिक ९ लाख कार, इन्जिन र ४ लाख ट्रान्समिसन उत्पादन क्षमता छ।

चेरी ब्राण्डले पेसेन्जर, कमर्शियल सवारी साधनको अतिरिक्त मिनी भ्यान पनि उत्पादन गर्छ। चेरी ब्रान्डका एसेम्बल र पार्टपूर्जा उत्पादन गर्ने प्लान्ट चीन लगायत विश्वका १५ देश फैलिएको छ।

हाल विश्व बजारमा चेरी ब्राण्डका २० बढी मोडलहरु बिक्रि भैइरहेको छन् भने कम्पनीले सुरक्षा, ऊर्जा बचत, र वातावरण अनुकूलतालाई ध्यानमा राखि भविष्यमा दर्जनभन्दा बढी मोडलहरु सार्वजनिक गर्ने योजना बनाएको छ।

चेरी ब्राण्डले आइएसओ ९००१ गुणस्तर र लगातार पाँच वर्षसम्म चीनमा सर्वश्रेष्ठ विदेशी छवि उद्यमको सम्मानित उपाधि र उपकरण निर्माण उद्योगमा पहिलो स्थान पाएको छ।
कम्पनीले पूरा गाडी, इन्जिन, निर्माण प्रविधि र उपकरणहरू विश्व बजारमा निर्यात गर्छ। हालसम्म, चेरी ब्राण्डले असीभन्दा बढी देश र क्षेत्रहरूमा निर्यात गरेको छ।

यसले १५ सयभन्दा बढी बिक्री तथा सेवा आउटलेटहरू स्थापना गरेको छ। यो पंक्तिमा १८ वर्षसम्म चीनमा पेसेन्जर गाडीको सबैभन्दा ठूलो निर्यातकर्ता बनेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij