२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बालाजुको नेबिको बिस्कुट कारखानामा आगलागी

बालाजुको नेबिको बिस्कुट कारखानामा आगलागी

1.3K
Shares

काठमाडौं– बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी भएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो।

दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। लाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा लिन कठिन भएको छ । औद्योगिक क्षेत्रमा रहेको विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले बताएको छ ।

प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन । सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ । अहिले हेलिकप्टर फर्किसकेको छ ।

१९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र रातिदेखि नै आगो निभाउन खटाइएको थियो । सम्भव नभएपछि बिहान हेलिकप्टरको प्रयोग गरिएको हो । आगो नियन्त्रणमा नआएपछि हेलिकप्टर पनि फर्किएको प्रहरीको भनाइ छ ।

आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij