२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

राष्ट्र बैंक सञ्चालकमा मरासिनीले लिए सपथ

राष्ट्र बैंक सञ्चालकमा मरासिनीले लिए सपथ

980
Shares

काठमाडौं – अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको रुपमा शपथ लिएका छन्। सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले सर्वोच्च अदालतमा मरासिनीलाई शपथ गराए।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समितिमा सदस्य रहने व्यवस्था छ। सोही ऐनको दफा १०८ मा बैंकका गभर्नर र सञ्चालकहरुले सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनियताको सपथ लिनुपर्ने व्यवस्था छ।

सपथ ग्रहण कार्यक्रममा अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवर, गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटा लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij