२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सौर्य एयरलाइन्सको दुईवटै जहाज सञ्चालनमा

सौर्य एयरलाइन्सको दुईवटै जहाज सञ्चालनमा

940
Shares

काठमाडौं – सौर्य एयरलाइन्सले बुधबारदेखि दुईवटा जहाज सञ्चालनमा ल्याएको छ । एउटा जहाजबाट सेवा दिँदै आएको कम्पनीले बुधबारदेखि थप अर्को जहाजबाट पनि सेवा सुरु गरेको हो ।

कम्पनीले ९ एनएएलई र ९ एनएएलएम कलसाइन भएका दुईवटा जहाजबाट दैनिक पाँच उडान गर्ने कम्पनीका सेल्स प्रमुख मुकेश खनालले बताए ।

कम्पनीले विराटनगर, भद्रपुर र भैरहवा उडान गरिरहेको छ । दैनिक आठवटा उडान अनुमति पाएको कम्पनीले हाल दैनिक पाँच उडान गरिरहेको छ । सौर्यले विराटनगर र भैरहवा दुई/दुईवटा उडान गर्नेछ भने भद्रपुर एक उडान गर्नेछ ।

यस्तै, नेपालगन्ज र धनगढीमा पनि दुई साताभित्र उडान सुरु गर्ने खनालले जानकारी दिए । कोभिड–१९ पछि एउटा जहाजबाट सेवा दिएको सौर्यले क्रमिक रुपमा जहाज थप्दै गइरहेको छ । कम्पनीको तेस्रो जहाज पनि आउँदो दुई महिनाभित्र सञ्चालनमा आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij