२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अब जिल्लाबाटै विदेश जानेहरुका लागि खोप प्रमाणीकरण

अब जिल्लाबाटै विदेश जानेहरुका लागि खोप प्रमाणीकरण

550
Shares

काठमाडौं – वैदेशीक रोजगारीमा जानेहरुको खोप प्रमाणीकरण अब जिल्लाबाट नै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरिय निर्णयबाट खोप कार्ड प्रमाणीकरण जिल्ला स्थित अस्पतालहरुबाट गर्ने निर्णय भएको हो ।

खोप कार्डका आधारमा जिल्लाका ५० शैयामाथिका सम्पूर्ण अस्पतालबाट हुने मन्त्रालयले जनाएको छ । सरकारी अस्पतालबाट खोप लगाएको प्रमाणीकरण अस्पतालमा बढीमा २ जना फोकल पर्सन तोकि निशुल्क प्रमाणीकरण गर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

साथै भदौ १ गतेदेखि विदेश जाने नागरिकका लागि सूचना प्रमाणीकरण प्रि रजिष्ट्रेसन प्रणाली क्यूआर कोड मार्फत सूचना उपलब्ध गराउने समेत जनाएको छ । यसअघि खोप लगाएकालाई पोष्ट रजिष्ट्रेसन अनिवार्य गर्ने व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij