२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

अस्ट्रेलियन ब्रान्डको बिम मिल्क पाउडर नेपालमा

अस्ट्रेलियन ब्रान्डको बिम मिल्क पाउडर नेपालमा

880
Shares

काठमाडौं – अस्ट्रेलियन ब्रान्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा आएको छ। अस्फेक्स पार्टी लिमिटेड अस्ट्रेलियाको उत्पादन बिम (विग आइल्याण्ड मिल्क) डक्टर साथी हेल्थ केयर प्रा.लि.ले नेपाल भित्र्याएको हो। डाक्टर साथी नेपालको लागि आधिकारिक बिक्रेता हो।
डाक्टर साथीका सेल्स म्यानेजर रामभक्त थपलियाका अनुसार सो मिल्क पाउडर भर्खर जन्मिएकोदेखि २४ महिनासम्मका बच्चाका लागि उपयोगी छ।

‘डाक्टर साथी हेल्थ केयरले फुड सप्लिमेन्टको रूपमा ‘बिम मिल्क पाउडर’नेपाल भित्र्याएको हो,’ उनले भने, ‘मिल्क पाउडर १२ साउनबाट बजारमा पठाएका छौं.’
कम्पनीका अनुसार जन्मेदेखि ६ महिनासम्मका बच्चाका लागि ‘न्यूवर्न फर्मुला पाउडर’, ६ देखि १२ महिनासम्मका बच्चाका लागि ‘फर्मुला फलो अन फर्मुला पाउडर’ र १२ देखि २४ महिनासम्मका बच्चाका लागि ‘टोड्लर मिल्क फर्मुला पाउडर’गरी तीन प्रकारका उत्पादन बजारमा ल्याएको छ।

यी पाउडर बच्चाको शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिकोणले लाभदायक रहेको कम्पनीको भनाइ छ। गुणस्तरीय पोषक तत्त्वको रूपमा बच्चाहरूको तीव्र वृद्धि र विकासमा सहयोग पुर्‍याउने डा. साथीको भनाइ छ।

डा.साथीले यसअघि अस्ट्रेलियन ब्रान्डकै ‘नुचुरा मिल्क पाउडर’ नेपाल भित्र्याएको थियो। नुचुरा पाउडर मिल्क जन्मेदेखि ३६ महिनासम्मका बच्चाका लागि उपयोगी थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij