काठमाडौं– काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
जसअनुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल। रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ । यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।
हेर्नुहोस् निषेधाज्ञाको सूचना

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij