२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

४–५ दिनदेखि मानसिक तनावमा छु – प्रचण्ड

४–५ दिनदेखि मानसिक तनावमा छु – प्रचण्ड

1.8K
Shares

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ठुलो तनावमा रहेको बताएका छन्। शनिवार बिहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसको अवसरमा केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले समीकरण सरकारमा आफ्ना पार्टीका ४९ जना सांसदले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका छन्।

मन्त्री छान्ने विषयले आफू केही दिन यता मानसिक रूपमा तनावमा परेको उनले बताए। प्रचण्डले भने – मन्त्री बन्न दबाब दिने मान्छेहरूको हुलबाट आएको छु म, ४९ जना सबैलाई मन्त्री चाहिएको छ। तर पाउने त थोरै छ। सबैलाई चित्त बुझाउन नसक्दा नेतृत्वलाई गाली गर्ने प्रवृत्ति पछिल्लो समय बढेको उनले जनाए।
‘४–५ दिनदेखि मानसिक तनावमा छु म, सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनु हुन्थ्यो’ उनले भने, ‘कुरा आदर्शको गर्ने तर चित्त चाहिँ मन्त्री पाइन्छ कि पाइँदैन भन्ने छ।’ उनले थपे, नियुक्ति पायो भने ठिक छ नभए नेतृत्व बदमास भनेर गाली गर्ने प्रवृत्तिको विकास भएको छ। मन्त्री नभए नेतृत्वलाई सरापेर हिँड्ने अवस्था बनेको छ।’
साथै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भइरहेको पनि बताएका छन् । संसद् विघटनविरुद्धको सङ्घर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भइरहेको उनले बताए । प्रचण्डले भने, ‘गठबन्धन टुटाउने प्रयास भयो । बचाउने प्रयास गर्‍यौँ । अहिले पनि भत्काउने प्रयास भइरहेको छ । एमसीसीमा भिडाएर झगडा गराउन खोजिँदै छ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij