काठमाडौं– नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजमा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएसँगै नयाँ सञ्चालक समिति चयन भएको छ।
नर्भिक पब्लिक लिमिटेडमा रूपान्तरण भएपछिको यो पहिलो सञ्चालक समिति हो। यही सञ्चालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयलाई कार्यान्वयनमा लैजानेछ।
नर्भिकको नवनियुक्त सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह छन्। उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रूपमा कार्यरत थिए।
प्रबन्ध सञ्चालकको रूपमा मेघा चौधरी चयन भएकी छन् भने सञ्चालकहरूमा भुवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन्। स्वतन्त्र सञ्चालकको रूपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन् भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छन्।
संचालक समितिमा आमन्त्रितको रूपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन्। उनकाअनुसार नर्भिकको संचालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रूपमा बसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरूमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल रहेका छन्। संचालक समितिमा आमन्त्रितको रूपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij