२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जनरल इन्स्योरेन्सको सीईओमा रामचन्द्र श्रेष्ठ नियुक्त

जनरल इन्स्योरेन्सको सीईओमा रामचन्द्र श्रेष्ठ नियुक्त

1.4K
Shares

काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेको उनको नियुक्तिलाई नियामक निकाय बीमा समितिले शुक्रबार स्वीकृति दिएको हो ।

कम्पनीका सीईओ एसके टमोटको कार्यकाल सकिएपछि इन्स्योरेन्समा सीईओ पद खाली रहेको थियो । यससँगै सञ्चालक समितिले उनलाई नियुक्ति गर्ने प्रस्ताव गरेको हो, जसलाई समितिले स्वीकृति दिएको छ ।

यससँगै नवनियुक्त सीईओ श्रेष्ठले आगामी चार वर्षसम्म इन्स्योरेन्समा आफ्नो कार्यभार सम्हाल्ने छन् । यसअघि उनी इन्स्योरेन्सको कायम मुकायम (कामु) सीईओको रूपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij