काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो जानकारी दिएको हो ।
निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । कोरोना महामारीका कारण रोकिएका परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई समस्या पर्ने देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij