२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा विशेष छुट

एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा विशेष छुट

740
Shares

काठमाडौं – एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई बिगमार्टमा छुट हुने भएको छ । ईएनएमबी मोबाईल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिवारको दिन फलफूल तथा तरकारी समान खरीद गर्दा २५ प्रतिशत वा ३०० सम्मको छुट पाउने गरी सम्झौता गरेको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागी card@nmb.com.np/call@nmb.com.np मा ईमेल गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij