२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

745
Shares

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । बिहिबार सुनको मूल्य तोलामा सात सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १३७० मा कारोबार भएकोमा आज बढेर तोलामा १२८० कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij