२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रधानमन्त्री देउवा र जापानी राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र जापानी राजदूतबीच भेटवार्ता

1.5K
Shares

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच भेटवार्ता भएको छ । राजदूत किकुटाले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।

भेटमा राजदूत किकुटाले जापानले दिने १६ लाख डोज खोप चाँडै आउने जानकारी दिएका छन् भने प्रधानमन्त्री देउवाले राजदूतलाई धन्‍यवाद दिएका छन् ।
यसअघि जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको थियो । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij