२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनचाँदी दुबैको मूल्य घट्यो

सुनचाँदी दुबैको मूल्य घट्यो

1.2K
Shares

काठमाडौं– बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको ७०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ५०० रुपैयाँ, तेजावी ९२ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुन तोलाको ४०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij