२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माछापुच्छ्रे बैंकको सहयोगमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गरिने

माछापुच्छ्रे बैंकको सहयोगमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गरिने

1.3K
Shares

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले हालको कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाडौंको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना बिशेष वार्डको स्थापना गर्ने सहमती पत्रमा हस्ताक्षर गरेको छ ।

गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिदै गएको कारोना भाइसरको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आश्यकता महसुस गरि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त अस्पतालमा कोरोना बिशेष ववार्डको स्थापना गरिदिन लागेको हो ।

कोरोना विशेष वार्ड स्थापना गर्ने सम्बन्धि सम्झौता पत्रमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरे ।

सम्झौता पश्चात बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij