२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त

स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त

700
Shares

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा डा. रोशन पोखरेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

सोमबार विहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सचिवका लागि सिफारिस गरेको थियो ।

बढुवा समितिले बाह्रौँ तहमा बढुवा हुँदाको क्रमलाई हेरेर डा. पोखरेल, डा. सिंह र श्रेष्ठको नाम क्रमश: पहिलो दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो । मन्त्रिपरिषदले पहिलो नम्बरका रहेका पोखरेललाई नै सचिव नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij