काठमाडौं – अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ ।
अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।
यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ । काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij