२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कामना सेवा विकास बैंकको शाखा ललितपुरको हात्तीवनमा

कामना सेवा विकास बैंकको शाखा ललितपुरको हात्तीवनमा

1.1K
Shares

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ०४ स्थित हात्तीवनमा आफ्नो १२९ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रही बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाको समुद्घाटन गरेका हुन् ।

उक्त समारोहमा सञ्चालक सिता घिमिरे, प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत लगायत कर्मचारीहरूको उपस्थिति थियो भने अन्य सञ्चालकहरूको समेत भर्चुअल उपस्थिति रहेको थियो ।

बैंकका सञ्चालक देवकृष्ण काफ्लेले भर्चुअल माध्यमद्वारा स्वागत मन्तव्य दिएका थिए । यो सँगै काठमाडौं उपत्यकामा बैंकका २४ वटा शाखा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij