२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

काठमाडौं आइपुग्यो अमेरिकाले दिएको १५ लाख ३० हजार खोप कोरोना खोप

काठमाडौं आइपुग्यो अमेरिकाले दिएको १५ लाख ३० हजार खोप कोरोना खोप

1.5K
Shares

काठमाडौं- अमेरीकी सरकारले नेपाललाई दिएको १५ लाख ३० हजार खोप काठमाडौं आइपुगेको छ। जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप दुबईबाट कतार एयरवेजमार्फत सोमबार बिहान काठमाडौं आइपुगेको हो।
विमानस्थलमा पत्रकार सम्मलेन गर्दै नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले १५ लाख ३० हजार मात्रा खोप अमेरिकाले नेपाललाई उपहार दिएको बताए। उक्त खोप बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे।

जोन्सन एण्ड जोन्सन कम्पनीको उक्त खोप एक मात्रा लगाए पुग्छ। कोभ्याक्समार्फत अमेरिकाबाट प्रारम्भिक सहयोग स्वरुप उक्त खोप प्राप्त भएको हो। यसले नेपालका १५ लाख मानिसको जीवन रक्षा गर्ने राजदूत बेरीले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij