काठमाडौं – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा भएका सहकुलबहादुर थापाको पदस्थापनसँगै अन्यको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालय, नक्सालका स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल कार्य विभागमा पठाइएका छन् । पालको ठाउँमा उनका ब्याची प्रद्युम्न कार्की आएका छन् । हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत कार्की प्रहरीभित्रका व्यवसायिक अधिकृत मानिन्छन् ।
प्रशासन विभागका निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागको जिम्मा दिइएको छ । अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएका छन् ।
बिहीबारकै बैठकबाट एआईजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सरूवा गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij