काठमाडौं – नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृत फेला परेकी हुन । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् ।
कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij