२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

हिमालय एयरलाइन्सको टिकट अनलाइन बुक गर्न सकिने

हिमालय एयरलाइन्सको टिकट अनलाइन बुक गर्न सकिने

1K
Shares

काठमाडौं – हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ इन्जिन सुरु गरेको छ । अब ग्राहकले आफैँ टिकट बुकिङ गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।

यो सेवा प्रारम्भिक चरणमा भएकोले कनेक्ट आईपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरिद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाणपत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिन सक्ने एयरलाइन्सले जनाएको छ ।

एअरलाइन्सले सम्बन्धित अन्य सहायक सेवाहरू ब्यागेजको पूर्वबुकिङ, सिट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसावामास्टर कार्डबाट भुक्तानी र वेब चेकइनजस्ता आगामी चरणहरूमार्फत नवीनतम सेवा सुरु गर्ने योजना बनाएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij