२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल–चाइना ट्रेडले दियो प्रहरीलाई विपत प्रतिकार्यका लागि सामग्री

नेपाल–चाइना ट्रेडले दियो प्रहरीलाई विपत प्रतिकार्यका लागि सामग्री

690
Shares

काठमाडौं– नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ । एशोसिएसनले बुधबार विपत प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, करौंती, त्रिपाल, डोरी लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसियसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा यस वर्ष हालसम्म विपत नआएको र आइहालेमा त्यसको व्यवस्थापनका लागि पूर्वतयारी स्वरुप सामग्री दिइएको बताए । त्यस्तै एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सनट्रेटरहरु पनि प्रदान गरेको छ । यसअघि कुनै पनि प्रकारका सहयोग प्राप्त नगरेका तथा कन्सनट्रेटर नभएका स्वास्थ्य चौकीहरुलाई कन्सनट्रेटर प्रदान गरिनेपनि जनाइएको छ ।

दश लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनकी अध्यक्ष अञ्जु पौडेलले जानकारी दिइन् । नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपतकालिन अवस्थामा सहयोग गर्दै आएको तथा यो सहयोग पनि निरन्तरताको प्रक्रिया भएको जनाएको छ । चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोग स्वरुप यी सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij