२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माओवादी नेत्री पम्फा भुसाललाई मातृ शोक

माओवादी नेत्री पम्फा भुसाललाई मातृ शोक

3.5K
Shares

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेतृ पम्फा भुसाललाई मातृ शोक परेको छ ।
नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
इन्द्रकलाको शव श्रद्धाञ्जलीका लागि घरमै राखिएको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जलीका लागि निवासमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij