२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल बैंकका सीईओ सुनिल पोखरेलले सम्हाले कार्यभार

सिभिल बैंकका सीईओ सुनिल पोखरेलले सम्हाले कार्यभार

1.5K
Shares

काठमाडौं – सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल कुमार पोखरेलले कार्यभार सम्हालेका छन् । नव नियुक्त सीईओ पोखरेलले शुक्रबारदेखि लागूहुने गरी कार्यभार सम्हालेका हुन् । गत जेठ २७ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।
बैंकका तत्कालिन सीईओ गोविन्द गुरुङले राजिनामा दिएपछि कामू सीईओको जिम्मेवारी पोखरेलले सम्हालेका थिए । जेठ २७ गते बैंक संचालक समितिको बैठकले सीईओ जिम्मेवारी दिएको थियो ।
सिभिल बैंकको सीईओमा सुनिल पोखरेल नियुक्त, बैंकिङ्ग क्षेत्रमा ३० बर्षको अनुभव

२०७६ साल जेठ २ गते सिभिल बैंकको डेपुटी सीइओमा नियुक्त भएका पोखरेल २ वर्षपछि सीईओमा नियुक्त भएका हुन् । उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ । उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन् । उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । त्यसपछि उनले एनआइसी एशिया बैंकमा करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि उनले एक वर्ष काम गरेको अनुभव छ ।

उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरेका छन् । त्यसपछि उनले म्यानमारकै एजीडी बैंकमा काम गरे । त्यसैले पनि उनलाई धेरैले विदेशी बैंकिङ सम्बन्धि राम्रै ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा चिन्छन् । विदेशी बैंकसँग करिब ३ वर्ष काम गरेको अनुभव पोखरेलसँग छ ।

उनी २०७६ जेठ २ मा सिभिल बैंकको डेपुटी सीईओमा नियुक्त भएका थिए । यी विभिन्न बैंकमा काम गर्दा उनले हालसम्म तीन दशक बढी समय बैंकिङ क्षेत्रमै बिताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij