काठमाडौं – एनएमबी बैंकले एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरू गरेको छ। जसअन्तर्गत कर्जा प्रवाहका काम डिजिटल रूपमै हुन्छ।
यो कर्जा हप्तामा सातै दिन सञ्चालन गरिने बैंकले जानकारी दिएको छ। बैंक नगएरै मोवाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेट भित्र यो सेवा प्राप्त गर्न सकिन्छ।
वर्तमान परिवेशलाई ध्यानमा राखेर यस्तो सेवा सुरु गरिएको बैंकको भनाई छ। एनएमबीले दुईं लाखसम्म कर्जा उपलब्ध गराउने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij