२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा १९ अंकको सुधार

नेप्सेमा १९ अंकको सुधार

1.2K
Shares
;fdfGo c+sn] a9Øf] z]o/ ahf/ sf7df8f}F l;+xb/af/ Knfnfdf cjl:yt g]kfn :6s PS:r]Ghsf] sfof{no ejg . nuftf/ cf]/fnf] nfUb} cfPsf] z]o/ ahf/ d+unaf/ eg] ;fdfGo laGb'n] psfnf] nfu]sf] 5 . g]kfn :6s PS:r]Ghsf cg';f/ z]o/ ahf/ dfks kl/;"rs g]K;] )=^% laGb'n] a9]/ Ps xhf/ !*)=#^ laGb'df k'u]sf] 5 . tl:a/ M gjLg kf}8]n, /f;;

काठमाडौं– लगातारको गिरावटपछि बिहीबार नेप्सेमा १९ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १९.१२ अंकले बढेर २ हजार ८४३ विन्दुमा उक्लिएको हो । आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.३३ अंकले बढेर ५२८.७१ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज निर्जीवन बीमा बाहेकका सबैजसो समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् । यद्यपि, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा १९ अंक माथिको सुधार आइरहँदा पनि कारोबार रकम भने ७ अर्ब छुन सकेको छैन । नेप्सेका अनुसार आज कुल २२४ कम्पनीका ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर ७० हजार १९८ पटक किनबेच हुँदा कुल ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij