२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सेलकमले शुरु गर्यो ‘मेरो वालेट सेलपे वालेट’

सेलकमले शुरु गर्यो ‘मेरो वालेट सेलपे वालेट’

1.2K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले दोश्रो चरणको योजना शुरु गरेको छ । सेलकमले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको क्रममा ग्राहकहरुका लागि दोश्रो चरणको योजना शुरु गरेको हो ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा १० प्रतिशत क्यासब्याक ५० रुपैयाँसम्म र मोवाईल टपअपमा ४ प्रतिशत क्यासब्याक तुरुन्तै पाउन सक्छन् । यो योजना यही असार १७ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij