२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धुपाल्चोकको लामोसाँघु बजारमा सिन्धु विकास बैंकको नयाँ शाखा

सिन्धुपाल्चोकको लामोसाँघु बजारमा सिन्धु विकास बैंकको नयाँ शाखा

1.1K
Shares

काठमाडौं -सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले शक्रवार नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका स्थित लामोसाँघु बजारमा बैंकको २४ औं शाखा स्थापना गरी बैंकिङ्ग कारोवार शुभारम्भ गरेको हो ।

उक्त शाखाको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष श्री राजेन्द्र कुमार श्रेष्ठले गरेका थिए । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी तथा नायव प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले बैंकको हाल सम्मको प्रगती विवरण तथा भावी कार्यक्रमहरुका बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

हाल सम्म कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुको उपस्थिति नरहेको उक्त स्थानमा स्थानीयबासीलाई सघन वित्तिय पहुंच पुरयाउने उद्धेश्यले उक्त शाखाको स्थापना भएको तथा उक्त शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु सहित डिजिटल सेवाहरु उपलब्ध हुने जानकारी दिईएको छ । भविष्यमा आफ्ना ग्राहकहरुलाई अझै सधन र सर्वसूलभ बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने बैंकले लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij