२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेको इन्स्योरेन्सको साधारण सभा आह्वान

नेको इन्स्योरेन्सको साधारण सभा आह्वान

1K
Shares

काठमाडौं – नेको इन्स्योरेन्सले असार ३१ गते बिहीबार २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । असार १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको भवन, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ः०० बजे सभा बोलाएको हो । कोभिड जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सभा आह्वान गरिएको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको कम्पनीको चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

हाल नेकोको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित २० करोड ४२ लाख रुपैयाँको बोनस शेयर वितरणपछि एक अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

सभामा आर्थिक वर्ष २०७६÷७७ को लेखा परीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गर्ने, २०७७÷०७८ का लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ ।

नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुनेछन् ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असार १८ गतेदेखि ३१ गतेसम्म शेयर दाखिल खारेजी (बुक क्लोज) मिति तोकेको छ । यसअनुसार असार १७ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij