काठमाडौं -जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड तेस्रो वर्ष पूरा गरी चौथौ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा कम्पनीले वृद्धाश्रममा खाना खुवाउने तथा केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
यस अवधिमा कम्पनीले ३९ वटा शाखा कार्यालय तथा एउटा केन्द्रिय कार्यलायमार्फत निर्जिवन बिमा व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनीले गत असोजमा सर्वसाधारणका लागि ३० करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गरेर चुक्ता पुँजी एक अर्ब रुपैयाँ जुटाउन सफल भएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । स्थापना अवधिदेखि भने ५२ करोड २८ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गर्न सकेको छ । आगामी वर्षमा निर्जिवन बिमा व्यवसाय थप विस्तार गर्दै जाने कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij