गोरखा -समिट लघुवित्त वित्तिय संस्था लिमिटेड गोरखाले कोभिड १९ दोस्रो लहरको रोकथाम गर्न फ्रन्ट लाईनमा खटिने सुरक्षाकर्मीहरुको लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ । संस्थाले आज गोरखा नगरपालिका १३ को ३ स्थानमा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखा र तनहुँको सिमा स्थित हेल्प डेक्समा खटिएका सुरक्षाकर्मीहरु, प्रहरी चौकी मझुवा देउरालीमा कार्यरत प्रहरी र रामशाह टोल विकास संस्था गोनपा १३ का लागि स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड महामारीको संकटको बेला रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहिकार्य गर्ने हेल्पडेस्क, प्रहरी कार्यालय, जनस्वास्थ्य कार्यालय, सामाजिक संघसंस्था आदिलाई राहत वितरण गर्ने क्रममा सो स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र बहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार संस्थाको सबै शाखा कार्यालयहरु मार्फत पनि विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरणको काम भैरहेको छ ।
समीट लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रिय स्तर कार्यक्षेत्र भएको ‘घ’ वर्ग वित्तीय संस्था हो । हाल यस संस्थाले देशभर ७ वटा प्रदेशमा ९५ वटा शाखा कार्यालयहरु मार्फत ५५ हजार सेवाग्राही सदस्यहरुलाई वित्तीय सेवा प्रदानगर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij