२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

वेष्ट फाईनान्सद्धारा हेलम्बुबासीलाई सोलार प्यानल सहयोग

वेष्ट फाईनान्सद्धारा हेलम्बुबासीलाई सोलार प्यानल सहयोग

1.2K
Shares

काठमाडौं – वेष्ट फाईनान्स कम्पनि लि.ले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । फाईनान्सको टोली सिन्धुपाल्चोकको हेलम्वु नै पुगेर उक्त सहयोग प्रदान गरेको हो ।

यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतीका कारण त्यस क्षेत्रमा बिजुली बन्द भएको र उज्यालोबाट बन्चित विपदमा परेका हेलम्वु क्षेत्रका जनतालाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार प्यानल हेलम्वु गांउपालिकाको कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ ।

काठमाडौको कमलादीमा प्रधान कार्यालय रहेको यस कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत हेलम्बुबासीलाई यो सहयोग गरेको र भबिष्यमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij